पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क र पोखरी निर्माण गर्न स्थानीयको आग्रह

पाेखरा | कात्तिक २७, २०७९

पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क र पोखरी निर्माण गर्न स्थानीयको आग्रह

पोखराः   पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्न स्थानीयले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न् ।

 

निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१)  का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीलाई स्थानीयहरूले यस्तो आग्रह गरेका हुन् । साविकको भरतपोखरी, निर्मल पोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे ।

 

पोखरीहरूको भेगको रूपमा परिचित समेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ तीन पोखरी निर्माण गर्नुपर्ने स्थानियको माग छ । यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धन सहित आफ्नै मौलिक पहिचान सहितको पर्यटकीय गन्तव्य निर्माणको योजना साकार हुने उनीहरूको भनाई छ ।

 

कार्कीले अव प्राचीन पहिचान सहित सो क्षेत्र तीन पोखरीको भेगको रूपमा परिचित गराउन योजना थप्ने भन्दै आफु स्थानियको सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

 

गण्डकी प्रदेशका तीन जिल्ला कास्की,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने भन्दै पर्यटकहरूको क्षेत्रमा मनोरञ्जन पार्क सहितका पोखरी निर्माण गर्न पहल गर्ने कार्कीको  बताए ।

 

२०६६ सालमा पर्यटकीय क्षेत्र घोषणा भएर विभिन्न पूर्वाधार निर्माण हुँदै गरेको तथा  कृषि र पर्यटनको  प्रचुर विकासको सम्भावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिवद्धता छ ।


उम्मेदवार कार्कीले हिजोका आफ्नो पार्टी निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रका बिषय  सहित  महानगरीय एकीकृत विकासको मोडल अवधारणा अघि सारेको उल्लेख गरे ।

 

घरदैलोको अवसरमा नेपाली काग्रेसका क्रियाशिल सदस्य समेत रहेकी कृष्ती निवासी अगुवा समाजसेवी गणेश शाहीसहित सोनम शाही र ज्ञानु शाही नेकपा (एमाले) मा प्रवेश गरेका छ्न् । त्यसैगरी  माओवादी केन्द्र पोखरा महानगर वडा नम्वर २१ का वडा कमिटी सदस्य रीना गिरि पनि एमालेमा प्रवेश गरेकी छ्न् ।
 

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्