पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क र पोखरी निर्माण गर्न स्थानीयको आग्रह
पाेखरा | कात्तिक २७, २०७९
पोखराः पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्न स्थानीयले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न् ।
निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीलाई स्थानीयहरूले यस्तो आग्रह गरेका हुन् । साविकको भरतपोखरी, निर्मल पोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे ।
पोखरीहरूको भेगको रूपमा परिचित समेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ तीन पोखरी निर्माण गर्नुपर्ने स्थानियको माग छ । यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धन सहित आफ्नै मौलिक पहिचान सहितको पर्यटकीय गन्तव्य निर्माणको योजना साकार हुने उनीहरूको भनाई छ ।
कार्कीले अव प्राचीन पहिचान सहित सो क्षेत्र तीन पोखरीको भेगको रूपमा परिचित गराउन योजना थप्ने भन्दै आफु स्थानियको सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
गण्डकी प्रदेशका तीन जिल्ला कास्की,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने भन्दै पर्यटकहरूको क्षेत्रमा मनोरञ्जन पार्क सहितका पोखरी निर्माण गर्न पहल गर्ने कार्कीको बताए ।
२०६६ सालमा पर्यटकीय क्षेत्र घोषणा भएर विभिन्न पूर्वाधार निर्माण हुँदै गरेको तथा कृषि र पर्यटनको प्रचुर विकासको सम्भावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिवद्धता छ ।
उम्मेदवार कार्कीले हिजोका आफ्नो पार्टी निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रका बिषय सहित महानगरीय एकीकृत विकासको मोडल अवधारणा अघि सारेको उल्लेख गरे ।
घरदैलोको अवसरमा नेपाली काग्रेसका क्रियाशिल सदस्य समेत रहेकी कृष्ती निवासी अगुवा समाजसेवी गणेश शाहीसहित सोनम शाही र ज्ञानु शाही नेकपा (एमाले) मा प्रवेश गरेका छ्न् । त्यसैगरी माओवादी केन्द्र पोखरा महानगर वडा नम्वर २१ का वडा कमिटी सदस्य रीना गिरि पनि एमालेमा प्रवेश गरेकी छ्न् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

